५० सया क्षमताको भारदह अस्पताल सञ्चालनमा आउँदै, सचिव यादवद्वारा अनुगमन

५० सया क्षमताको भारदह अस्पताल सञ्चालनमा आउँदै, सचिव यादवद्वारा अनुगमन
मधेशपत्र मधेशपत्र २०८२ असार २०, शुक्रबार ०६:४०
५० सया क्षमताको भारदह अस्पताल सञ्चालनमा आउँदै, सचिव यादवद्वारा अनुगमन

राजविराज : सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहमा अवस्थित अस्पताललाई ५० शय्याको बनाउने प्रक्रिया अघि बढेको छ। नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रदेश सरकारले सो अस्पताललाई ५० सया क्षमताको रुपमा स्वीकृति दिइसकेको छ।

मधेश प्रदेश सरकारको निर्णयपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रदेश सचिव डा. प्रमोद यादवले अस्पतालको अनुगमन गरेका छन्।

ADVERTISEMENT

उनले अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा प्रवाहको अवस्थाबारे अवलोकन गर्दै साउनदेखि अस्पताललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

हाल अस्पतालमा डाक्टरसहित २२ जना स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले खटाइसकेको छ। स्थानीयवासीहरूले अस्पताल सुदृढ भएर सञ्चालनमा आउँदा सहज र प्रभावकारी सेवा पाउने विश्वास लिएका छन्।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने स्रोत र संरचना व्यवस्थित गर्दै जनस्वास्थ्य प्रवाहमा प्रभावकारिता ल्याउने प्रतिबद्धता जनाएकाे छ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०६:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !