पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीनजना पक्राउ

पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीनजना पक्राउ
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार १८, बुधबार ०९:३८
पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीनजना पक्राउ

जनकपुरधाम : स्रोत नखुलेको २८ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन्। उनीहरूलाई हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का ३६ वर्षीय अनिल वर्णवाल, वीरगञ्ज महानगरपालिका–३ आदर्शनगरका ३५ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ३२ वर्षीय दीपककुमार सोनार रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार वर्णवालको साथबाट ९ लाख ४७ हजार रुपैयाँ, श्रीवास्तवको साथबाट १५ लाख ८१ हजार रुपैयाँ र सोनारको साथबाट ३ लाख रुपैयाँ नगद फेला परेको हो।

उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरी हुण्डी कारोबारसम्बन्धी आशंकामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

‘हुण्डी कारोबारमा संलग्न रहेको प्रारम्भिक आशंकामा पक्राउ गरिएको हो,’ प्रवक्ता लम्सालले भने, ‘उनीहरूको साथबाट फेला परेको रकमको स्रोत पुष्टि नहुँदा थप अनुसन्धान अघि बढाइएको छ।’

प्रहरीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले हुण्डी कारोबारले औपचारिक वित्तीय प्रणालीलाई असर पार्ने भएकाले यस्ता कार्यमा संलग्नहरूलाई कडाइका साथ निगरानी र कारबाही गरिने चेतावनी दिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १८, बुधबार ०९:३८
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !