एसपी नरहरी रेग्मी दम्पतीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

एसपी नरहरी रेग्मी दम्पतीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार १३:०७
एसपी नरहरी रेग्मी दम्पतीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

जनकपुरधाम : मानवसेवाको भावनाले प्रेरित हुँदै धनुषाका प्रहरी प्रमुख (एसपी) नरहरी रेग्मी र उनकी पत्नी सुशीला अधिकारी रेग्मीले जनकपुरधामस्थित मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।

सोमबार बिहान रेग्मी दम्पती आश्रम पुगेका थिए। उनीहरूले त्यहाँ आश्रित वृद्धवृद्धा तथा अपांग व्यक्तिहरूको अवस्था अवलोकन गर्दै चामल, दाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

सामाजिक उत्तरदायित्वका रुपमा गरिएको सहयोगप्रति आश्रम व्यवस्थापनले कृतज्ञता व्यक्त गरेको छ। जनसेवा र समाजसेवामा सक्रिय एसपी रेग्मी र उनकी पत्नीको यो सहकार्यलाई प्रेरणादायक रुपमा हेरिएको छ।

‘दैनिक रूपमा यस्ता सामग्रीहरू आवश्यक पर्छन्, सहयोग पाउँदा हामीलाई निकै राहत मिलेको छ,’ आश्रमका एक प्रतिनिधिले भने, ‘एसपीज्यू र वहाँकी श्रीमतीप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ।’

धनुषाका प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका रेग्मी र उनकी पत्नी सुशीला अधिकारी रेग्मीले सार्वजनिक सेवा बाहेक पनि सामाजिक सेवामा सक्रियता देखाउँदै आएका छन्।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार १३:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !