कञ्चनरुप नगरपालिकाको बेवास्ताप्रति जनमत पार्टीको कडा आपत्ति, आन्दोलनको चेतावनी

कञ्चनरुप नगरपालिकाको बेवास्ताप्रति जनमत पार्टीको कडा आपत्ति, आन्दोलनको चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ असार १५, आईतवार २०:४५
कञ्चनरुप नगरपालिकाको बेवास्ताप्रति जनमत पार्टीको कडा आपत्ति, आन्दोलनको चेतावनी

सप्तरी : कञ्चनरुप नगरपालिकाले जनमत पार्टीद्वारा बुझाइएको १० बुँदे ज्ञापनपत्रलाई बेवास्ता गर्दै आएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ।

नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले ज्ञापन बुझाइएको १० दिन बितिसक्दा समेत कुनै प्रतिक्रिया नजनाएपछि जनमत पार्टीले यो व्यवहारलाई जनताको आवाजप्रति असंवेदनशीलता भनेको छ।

ADVERTISEMENT

गत असार ४ गते नगर अध्यक्ष मनोज कुमार शाह, उप–मेयर पदकी उम्मेदवार सम्झना राणा मगर चौधरी, मुकेश मैरता लगायतको टोलीले नगरभित्रका प्रमुख समस्या, नागरिक अधिकार तथा विगतका विवादसम्बन्धी मागसहित ज्ञापनपत्र बुझाएको थियो। तर अहिलेसम्म न नगरप्रमुख गुप्ता, न त प्रमुख प्रशासकीय अधिकृत खड्काले कुनै छलफल वा लिखित प्रतिक्रिया दिएका छैनन्।

नगर युवा अध्यक्ष मोहम्मद कालूका अनुसार, प्रमुख प्रशासकीय अधिकृत खड्काले असार १६ गते साँझ ४ बजेसम्म १० मध्ये ९ बुँदामा लिखित जवाफ दिने आश्वासन दिएका थिए। तर त्यो आश्वासन पनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरिएको छ।

ज्ञापनपत्रको एक गम्भीर बुँदामा कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ओमप्रकाश खङ्गको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग उल्लेख छ। तर नगरपालिका यस विषयमा चुप रहेको भन्दै जनमत पार्टीले आक्रोश व्यक्त गरेको छ। कार्यपालिका वा सर्वदलीय बैठकको निर्णय नआएको नाममा पीडित परिवारलाई वर्षौंदेखि अन्योलमा राखिएको आरोप लगाइएको छ।

जनमत पार्टीका क्षेत्रीय इन्चार्ज शिवनन्दन मेहताले नगरपालिकाको ढिलासुस्ती, लापरवाही र जवाफदेहिताको अभावप्रति गम्भीर आपत्ति जनाउँदै, अब पनि माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार २०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !