जनमत पार्टीको कोशी प्रदेश अध्यक्षमा न्यौपाने चयन

जनमत पार्टीको कोशी प्रदेश अध्यक्षमा न्यौपाने चयन
मधेशपत्र मधेशपत्र २०८२ असार १५, आईतवार १७:२९
जनमत पार्टीको कोशी प्रदेश अध्यक्षमा न्यौपाने चयन

काठमाडौं : जनमत पार्टीले कोशी प्रदेश कमिटीको अध्यक्षमा बुद्धिराज न्यौपानेलाई चयन गरेको छ। मोरङको टंकिसिनुवारीमा सम्पन्न दुईदिने प्रदेशस्तरीय कार्यकर्ता भेलाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

पार्टीका केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेका न्यौपाने अन्तरपार्टी समन्वयको भूमिकामा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। कोशी प्रदेशको जिम्मेवारी दिँदै पार्टीलाई सुदृढ बनाउने रणनीतिअनुसार न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिइएको जनमत पार्टीले जनाएको छ।

ADVERTISEMENT

राजनीतिक यात्राको सुरुवात नेपाली कांग्रेसबाट गरेका न्यौपाने पूर्वी नेपालका जिल्लामा लोकप्रिय नेताका रूपमा चिनिन्छन्। संगठन निर्माणमा सशक्त भूमिका निर्वाह गर्न सक्ने क्षमताका कारण उनलाई नेतृत्व दिइएको जनमतको दाबी छ।

जनमत पार्टीले शुक्रबार र शनिबार मोरङमा कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो। उक्त अवसरमा माओवादी केन्द्र र लोसपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई कोशी प्रदेशमा संगठन विस्तारको रणनीतिक पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार १७:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !