जनमत अध्यक्ष डा.राउतद्वारा स्मृति भवन निर्माणको निरीक्षण, गुणस्तरप्रति जोड

जनमत अध्यक्ष डा.राउतद्वारा स्मृति भवन निर्माणको निरीक्षण, गुणस्तरप्रति जोड
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार ०९:३२
जनमत अध्यक्ष डा.राउतद्वारा स्मृति भवन निर्माणको निरीक्षण, गुणस्तरप्रति जोड

राजविराज : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत राजविराज–९ स्थित निर्माणाधीन गजेन्द्रनारायण सिंह स्मृति भवनको शनिबार निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा अध्यक्ष राउतले निर्माण कम्पनीलाई तोकिएको म्यादभित्रै उच्च गुणस्तरमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्। स्मृति भवन जनताको करबाट निर्माणाधीन संरचना भएको उल्लेख गर्दै उनले काममा लापरवाही नगर्न चेतावनीसमेत दिए।

ADVERTISEMENT

‘जनताको सम्पत्तिमा लापरवाही स्वीकार्य हुँदैन,’ अध्यक्ष डा. राउतले भने, ‘निर्माणको हरेक चरण पारदर्शी र प्रभावकारी हुनु आवश्यक छ।’

निरीक्षणमा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव, जिल्ला इञ्चार्ज रामगमन साह, स्थानीय नेताकार्यकर्ताको उपस्थिति थियो।

पार्टीका स्थानीय नेताहरूका अनुसार स्मृति भवन निर्माण सम्पन्न भएपछि राजविराजको सामाजिक तथा सामुदायिक गतिविधिमा नयाँ गति थपिने विश्वास गरिएको छ। अध्यक्ष राउतले उक्त संरचना सामुदायिक उपयोगका लागि उदाहरणीय मोडेल बन्नुपर्ने बताए।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०९:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !