अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर

अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार ०७:१६
अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापारसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको बताएका छन् । यसै साता लन्डनमा उच्चस्तरीय वार्तापछि व्यापार युद्ध सम्झौताका लागि महत्वपूर्ण सम्झौता भएको ट्रम्पले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन् ।

अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो साताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । ‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौं,’ ट्रम्पले बिहीबार भने । ट्रम्पका अनुसार चीनले अमेरिकी प्रविधि कम्पनीलाई म्याग्नेट र दुर्लभ खनिज (रेयर अर्थ मेटल्स) आपूर्ति गर्न सहमति जनाएको छ । त्यसको सट्टामा अमेरिकाले पनि चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिनेछ । ‘चीनसँग हाम्रो सम्झौता सम्पन्न भएको छ । यद्यपि, अन्तिम अनुमोदनका लागि राष्ट्रपति सी र मबीच औपचारिक सहमति हुन बाँकी छ,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गरेका छन् ।

ADVERTISEMENT

वाणिज्यमन्त्री लुटनिकले सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ जानकारी दिए । यो सम्झौता हुनुमा ‘मे’ महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम मानिन्छ । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार नै रोकिने सम्भावना देखा परेका थिए । पछि यसै साता लन्डनमा भएको वार्ताले दुई देशबीच वार्ताका लागि रूपरेखा तय गर्‍यो । र, दुई देशबीच व्यापार सम्झौतालाई औपचारिक रूप दिएको बताइन्छ ।

‘राष्ट्रपतिले यी सम्झौताहरू आफैं पूरा गर्न मन पराउनुहुन्छ । उहाँ सम्झौता निर्माता हुनुहुन्छ । हामी एकपछि अर्को सम्झौता गर्नेछौं’, लुटनिकले भने । चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यस साताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारीजस्ता उच्च टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो । दुर्लभ खनिज तत्वको निर्यातमा बेइजिङको सीमा विवादको मुख्य विन्दु भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङले दुर्लभ खनिज तत्वहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षालाई गति दिइरहेको र ‘निश्चित संख्यामा अनुपालन आवेदनहरू’ स्वीकृत गरेको बताएको छ । चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्वमा अनुमति आवश्यकताहरू लगाएपछि खनिजहरूको निर्यात नियन्त्रणले बेइजिङ र वासिंटनबीचको पछिल्लो व्यापारिक वार्तामा भन्सार शुल्कहरूलाई उछिनेको देखिन्छ । ती खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कार, रोबोट, हावा टर्बाइनहरू र अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुर्‍याउने सम्भावना छ ।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०७:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !