प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालतको निरीक्षण

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालतको निरीक्षण
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार १८:४२
प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार जंगीअड्डामा रहेको सैनिक विशेष अदालतको निरीक्षण गरेका छन्।

सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भएको हो।

ADVERTISEMENT

राउतले निरीक्षणको क्रममा अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी लिएका थिए। उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशनसमेत दिए। निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेललगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १८:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !