जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार १७:२६
जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

रुपन्देही : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाले प्रदेशसभा सचिवालयमा पत्र पठाएको हो। सोही अनुसार अब लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।

ADVERTISEMENT

यसअघि जसपाले संघीय संसदमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही निर्णयअनुसार जसपाले प्रदेश सरकारहरूबाट पनि समर्थन फिर्ता लिने प्रक्रिया थालेको हो।

पार्टी स्रोतका अनुसार, केन्द्रको निर्णय कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूले समर्थन फिर्ता गरेका हुन्। जसपाका नेताहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समर्थन फिर्ता गरिएको जनाएका छन्।

यससँगै आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चितजस्तै भएको छ। आगामी दिनमा सत्ता समीकरण फेरिने सम्भावना बढेको छ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १७:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !