पर्साका चारै निर्वाचन क्षेत्रमा जनमतको राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण सम्पन्न

पर्साका चारै निर्वाचन क्षेत्रमा जनमतको राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार १२:२५
पर्साका चारै निर्वाचन क्षेत्रमा जनमतको राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण सम्पन्न

वीरगन्ज : जनमत पार्टीले पर्सा जिल्लामा आफ्नो सांगठनिक उपस्थिति विस्तार गर्दै चारवटै संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार र बिहीबार दुई दिन गरी संघीय निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ मा छुट्टाछुट्टै कार्यक्रमहरू सम्पन्न भएका हुन्।

ADVERTISEMENT

बिहीबार क्षेत्र नं. ३ अन्तर्गत पोखरियाको विशाल धर्मशालामा र क्षेत्र नं. ४ अन्तर्गत धोबिनी असवारीस्थित हनुमान धर्मशालामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख डा. जयकान्त राउतले टीका र माला लगाएर स्वागत गरेका थिए।

पार्टीमा प्रवेश गर्नेहरूमा वीरगन्जका सामाजिक महिलाहरू सुधा सिंह, सीमा सिंह, साथै संजय साह, आकाश गुप्ता, सरोज यादवसहित तीन दर्जन युवा कार्यकर्ताहरू रहेका सर्राफले जानकारी दिए।

उनका अनुसार बुधबार संघीय क्षेत्र नं. १ र २ लाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममार्फत जनमत पार्टीले स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने रणनीति अघि सारेको छ। उनले पार्टीको आगामी गतिविधिहरू थप व्यवस्थित, सक्रिय र प्रभावकारी हुने दाबी गरे।

कार्यक्रममा पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रासहित पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !