सर्बोच्चको आदेश कार्यान्वयनका लागि संघीय सांसदहरूसँग छलफल सम्पन्न

सर्बोच्चको आदेश कार्यान्वयनका लागि संघीय सांसदहरूसँग छलफल सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार ०९:४७
सर्बोच्चको आदेश कार्यान्वयनका लागि संघीय सांसदहरूसँग छलफल सम्पन्न

काठमाडाैं : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा बिहिवार संघीय सांसदहरूबीच परामर्श तथा छलफल सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघीय घोषणा (UNDRIP) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को कन्वेन्सन १६९ लाई कार्यान्वयन गर्न सर्बोच्च अदालतले दिएको निर्देशनात्मक आदेशको सन्दर्भमा उक्त छलफल गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले अदालतको निर्देशन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यसले आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चित गर्न टेवा पुग्ने धारणा राखिन् ।

छलफलमा विभिन्न दलका संघीय सांसदहरूले आदिवासी जनजाति समुदायप्रति राज्यको दायित्व पुरा हुनुपर्ने भन्दै नीति, कानुन र कार्यक्रममार्फत सर्वोच्चको आदेशलाई मूर्तरूप दिनु आवश्यक रहेको औंल्याएका थिए ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०९:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !