डा. जयकान्त राउतको आह्वान : “टोल–टोलमा संगठन विस्तार गर्दै जनताको सुख–दुःखमा साथ दिनुहोस्”

डा. जयकान्त राउतको आह्वान : “टोल–टोलमा संगठन विस्तार गर्दै जनताको सुख–दुःखमा साथ दिनुहोस्”
मधेशपत्र मधेशपत्र २०८२ असार ७, शनिबार १५:०४
डा. जयकान्त राउतको आह्वान : “टोल–टोलमा संगठन विस्तार गर्दै जनताको सुख–दुःखमा साथ दिनुहोस्”

सर्लाही : जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नेताकार्यकर्ताहरुलाई टोल–टोलमा संगठन विस्तार गर्न र जनताको सुख–दुःखमा प्रत्यक्ष रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ।

शुक्रबार सम्पन्न सर्लाहीका चारै संघीय निर्वाचन क्षेत्रको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै डा. राउतले संगठन बलियो बनाउन अनुशासित र मर्यादित भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

ADVERTISEMENT

“हामी जनताकै मुद्दा लिएर राजनीति गरेका छौं,” उहाँले भन्नुभयो, “त्यसैले जनतासँग नाता जोडेर, उनीहरूको दुःख–सुखमा साथ दिँदै संगठनलाई मजबुत बनाउनु अहिलेको प्राथमिकता हो।”

उहाँले कार्यकर्ताहरूलाई वैचारिक, नीतिगत र व्यवहारिक दृष्टिले सुदृढ भएर अगाडि बढ्न निर्देशन दिनुभयो।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य संजयकुमार सिंह, सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य श्रीचन यादवसहित चारवटै संघीय निर्वाचन क्षेत्रका नेताकार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

बैठक तथा प्रशिक्षणमा संगठन सुदृढीकरण, जनसंपर्क विस्तार, अनुशासन र स्थानीयस्तरीय परिचालनसम्बन्धी विषयमा व्यापक छलफल गरिएको जनाइएको छ।

 

प्रकाशित मिति: २०८२ असार ७, शनिबार १५:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !