इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव
मधेशपत्र मधेशपत्र २०८२ असार ३, मंगलवार ०६:०९
इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं : इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तेहरान छाड्नु उपयुक्त हुने धारणा राखेका छन्।

इजरायलले उत्तर पूर्वी तेहरानका बासिन्दाले त्यो स्थान छाड्नु उपयुक्त हुने धारणा राखेको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा सो कुरा उल्लेख गरेका हुन्।

ADVERTISEMENT

इजरायलले इरानको सैन्य संरचनामा प्रहार गर्ने जनाएको थियो। यसैगरी ट्रम्पले सामाजिक सञ्जालमा इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने कुरामा जोड दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो कुरा उल्लेख गरेको केही समयपछि नै तेहरानमा विस्फोटको आवाज सुनिएको थियो। यसैगरी सोमबार राति नै इरानले इजरायललाई मिसाइल प्रहार गरेको छ। यसको पूर्ण विवरण आइसकेको छैन।

राष्ट्र सङ्घका लागि इरानी दूत अमिर सायद इरभानीले इरानको आत्मरक्षा गर्न पाउने अधिकार रहेको उल्लेख गरेका छन्। उनले इजरायलले सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

प्रकाशित मिति: २०८२ असार ३, मंगलवार ०६:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !