बलानबिहुलमा केन्द्रीय विपद् व्यवस्थापन समितिबाट ५० लाख बजेट, पीडितका लागि खर्च हुने

बलानबिहुलमा केन्द्रीय विपद् व्यवस्थापन समितिबाट ५० लाख बजेट, पीडितका लागि खर्च हुने
मधेशपत्र मधेशपत्र २०८२ असार २, सोमबार १८:१५
बलानबिहुलमा केन्द्रीय विपद् व्यवस्थापन समितिबाट ५० लाख बजेट, पीडितका लागि खर्च हुने

जनकपुरधाम : सप्तरीको बलानबिहुल गाउँपालिकालाई केन्द्रीय विपद् व्यवस्थापन समितिबाट ५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ।

जिल्लाकै एक मात्र संकटग्रस्त घोषणा भएको गाउँपालिका भएकाले केन्द्रले यो बजेट विनियोजन गरेको हो।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार बजेट विपद् प्रभावित नागरिकको राहत तथा सहयोगका लागि खर्च गरिनेछ। ‘विपद् प्रभावित नागरिकलाई नगद वा सामग्री उपलब्ध गराउने योजना छ,’ अध्यक्ष यादवले मधेशपत्रसँग भने, ‘बजेटले राहतमा परेका जनतालाई प्रत्यक्ष सहयोग पुग्नेछ।’

उनका अनुसार बलानबिहुलमा हरेक वर्ष मनसुनसँगै बलान नदीले ठूलो क्षति पुर्‍याउँदै आएको छ। यस वर्ष पनि झन्डै ३०० जना प्रभावित हुने अनुमान गरिएको छ।

‘बलान नदीका कारण यहाँका धेरै बासिन्दा प्रभावित भइरहेका छन्। त्यसैले केन्द्रबाट आएको यो बजेट उपयोगी हुनेछ,’ उनले बताए।

यसैबीच, बलान नदी नियन्त्रणका लागि पनि सिंचाइ कार्यालयमार्फत ३० लाख रुपैयाँ छुट्याइएको छ। तर, अहिलेसम्म कुनै काम सुरु नभएको भन्दै गाउँपालिकाले तत्काल काम थाल्न सम्बन्धित कार्यालयसँग आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १८:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !