शिक्षा विवेक र आत्मनिर्भरता दिने माध्यम हो : पूर्वमन्त्री यादव

शिक्षा विवेक र आत्मनिर्भरता दिने माध्यम हो : पूर्वमन्त्री यादव
मधेशपत्र मधेशपत्र २०८२ असार २, सोमबार १४:०७
शिक्षा विवेक र आत्मनिर्भरता दिने माध्यम हो : पूर्वमन्त्री यादव

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सेवाश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई सोमबार पुरस्कार वितरण गरिएको छ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व शिक्षामन्त्री तथा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले शिक्षा मानिसलाई विवेक, चेतना र आत्मनिर्भरता प्रदान गर्ने माध्यम भएको बताए। “ज्ञानमूलक प्रतियोगिताले विद्यार्थीमा नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्छ,” उनले भने, “यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्छ।”

प्रतियोगितामा जनकपुरधामका क्षेत्रका विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्।

कार्यक्रम सेवाश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १४:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !