विभिन्न पार्टी परित्याग गरी युवाहरू आजपामा प्रवेश, अध्यक्ष प्रभु साहद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी युवाहरू आजपामा प्रवेश, अध्यक्ष प्रभु साहद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १२:३२
विभिन्न पार्टी परित्याग गरी युवाहरू आजपामा प्रवेश, अध्यक्ष प्रभु साहद्वारा स्वागत

काठमाडौं : विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरू शनिबार आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष प्रभु साहले उनीहरूलाई स्वागत गरेका हुन्।

ADVERTISEMENT

आजपा प्रवेश गर्ने युवाहरूमा सप्तरीका इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव र पर्साका ओमप्रकाश साह लगायत रहेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले युवाहरूको सहभागिताले पार्टी थप सबल र जनमुखी बन्दै जाने विश्वास व्यक्त गरे।

उनले आजपामा सहभागी भएकाहरूको योगदानले जनताको अपेक्षा र भरोसा पुरा गर्न सहयोग पुग्ने बताए।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १२:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !