राजनीतिमा विचार र अनुशासन नै शक्ति हो : डा. जयकान्त राउत

राजनीतिमा विचार र अनुशासन नै शक्ति हो : डा. जयकान्त राउत
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १०:२०
राजनीतिमा विचार र अनुशासन नै शक्ति हो : डा. जयकान्त राउत

जनकपुरधाम : जनमत पार्टीले संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणलाई संस्थागत बनाउने अभियानअन्तर्गत राष्ट्रिय समन्वय परिषद बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

ADVERTISEMENT

आइतबार बिहान धनुषा क्षेत्र नम्बर १ अन्तर्गत बिरेन्द्रबजारस्थित कविर कुटीमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन पार्टीका राष्ट्रिय परिषद अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको प्रमुख आतिथ्यमा वृक्षारोपण गर्दै गरिएको हो।

उद्घाटन सत्रमा सहभागीहरूले विभिन्न जातका बिरुवा रोप्दै वातावरण संरक्षणको सन्देश दिएका थिए। त्यसपछि सुरु गरिएको प्रशिक्षण सत्रमा पार्टीको नीति, सिद्धान्त, संगठनात्मक संरचना तथा आगामी कार्यदिशामाथि गहन छलफल हुने जनाइएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्वदेखि जिल्ला तहसम्मका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. राउतले प्रशिक्षण कार्यक्रमहरू संगठन सुदृढीकरणका आधार भएको बताए।

“राजनीतिमा विचार र संगठनात्मक अनुशासन नै सबभन्दा ठूलो शक्ति हो,” उनले भने, “त्यसैले अब हामी विचारयुक्त र प्रशिक्षित कार्यकर्ता निर्माणमा केन्द्रित छौं।”

प्रकाशित मिति: २०८२ असार १, आईतवार १०:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !