जनमतको संगठन सुदृढीकरण अभियान, पर्साका चारै क्षेत्रमा प्रशिक्षण कार्यक्रम

जनमतको संगठन सुदृढीकरण अभियान, पर्साका चारै क्षेत्रमा प्रशिक्षण कार्यक्रम
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३१, शनिबार १८:५३
जनमतको संगठन सुदृढीकरण अभियान, पर्साका चारै क्षेत्रमा प्रशिक्षण कार्यक्रम

जनकपुरधाम : जनमत पार्टीले संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणलाई तीव्रता दिँदै पर्सा जिल्लाका चारवटै संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका राष्ट्रिय परिषद अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको प्रमुख आतिथ्यमा हुने दुई दिने यो कार्यक्रम पार्टीको नीति, सिद्धान्त र आगामी कार्यदिशाबारे कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको हो।

ADVERTISEMENT

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु, राष्ट्रिय परिषद सदस्य, जिल्ला र स्थानीय कमिटीका पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहनेछ।

उनका अनुसार, क्षेत्र नम्बर १ का लागि असार ११ गते, बुधबार बिहान ७ बजे वीरगन्जस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण हुनेछ। सोही दिन दिउँसो २ बजे सोही स्थानमा क्षेत्र नम्बर २ का कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम तय गरिएको छ।

यस्तै, क्षेत्र नम्बर ३ का लागि पोखरिया–९, शिवबर्वास्थित विशाल हनुमान मन्दिर धर्मशालामा बिहान ७ बजेदेखि र क्षेत्र नम्बर ४ का लागि दिउँसो २ बजेदेखि धोबिनी गाउँपालिका, अस्वारी नहर रोडस्थित हनुमान मन्दिर परिसरमा कार्यक्रम हुनेछ। सर्राफका अनुसार, पर्साको दक्षिणी भेगका कार्यकर्तालाई समेट्न धोबिनीमा कार्यक्रम तय गरिएको हो।

पार्टीका संगठन विभाग प्रमुख राउतले प्रशिक्षणमा संगठनात्मक सुदृढीकरण, आगामी निर्वाचनका रणनीति, जनजीविकाका सवालमा पार्टीको धारणा तथा तराई–मधेशका मुद्दामा पार्टीको अडानबारे प्रशिक्षण दिनेछन्।

जनमत पार्टीले यस्तो कार्यक्रममार्फत स्थानीय तहमा संगठनलाई थप बलियो बनाउँदै जनसामान्यसँगको सम्बन्ध प्रगाढ बनाउने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार १८:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !