भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड

भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३१, शनिबार १५:१२
भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गरेका छन् ।

उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गरे । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए ।

ADVERTISEMENT

उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरे ।

प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । उनले भने,’नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् ।’ प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताए । उनले भने, ‘यस्ता सहमति यसरी नै हूँदै अएको थियो ।’

प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार १५:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !