जसपा नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बन

जसपा नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३०, शुक्रबार १७:५९
जसपा नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बन

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा पनि निलम्बनमा परेका छन् ।

शुक्रबार प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर सुनाउँदै कुशवाहा निलम्बनमा परेकाको जानकारी गराएका हुन् ।

ADVERTISEMENT

कुशवाहा बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

अख्तियारको अनुसन्धान अनुसार उनले विभिन्न उपभोक्ता समिति गठन गरी त्यसको रकम सचिव विनोदलाल कायस्थको खातामा जम्मा गराएका थिए । त्यसपछि उक्त रकम घुसस्वरूप कुशवाहाले आफ्नै खातामा जम्मा गरेका थिए ।

सचिव कायस्थलाई केही दिनअघि नै महोत्तरीबाट पक्राउ गरिएको थियो ।

मधेश प्रदेशसभामा हाल १०७ जना सांसद छन् । जसमध्ये तीन जना सांसद दीपेन्द्र ठाकुर,अभिराम शर्मा र अब सरोजसिंह कुशवाहा निलम्बनमा परिसकेका छन् ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १७:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !