प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण

प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २८, बुधबार १९:४५
प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौँ : प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्त्वपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन्।

आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गरे ।

ADVERTISEMENT

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड, फार्मेसीलगायत विभिन्न युनिटको निरीक्षण तथा अवलोकन गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजु, प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोषसम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णय, कर्मचारी लक्षित कार्यक्रम, समस्या तथा चुनौती र भावी कार्य योजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १९:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !