पत्रकार पाठकमाथि पक्राउ पुर्जी दिंदै प्रेस स्वतन्त्रतामाथि आघात, प्रेस जनमत संघको आपत्ति

पत्रकार पाठकमाथि पक्राउ पुर्जी दिंदै प्रेस स्वतन्त्रतामाथि आघात, प्रेस जनमत संघको आपत्ति
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २८, बुधबार १४:११
पत्रकार पाठकमाथि पक्राउ पुर्जी दिंदै प्रेस स्वतन्त्रतामाथि आघात, प्रेस जनमत संघको आपत्ति

काठमाडौं : वरिष्ठ पत्रकार दिलभुषण पाठकमाथि समाचारका विषयलाई लिएर पक्राउ पुर्जी जारी गरिएकोप्रति प्रेस जनमत संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघले उक्त कदमलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आघात भनेको छ।

ADVERTISEMENT

बुधबार संघका केन्द्रीय सदस्य सचिव ललन मण्डलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा पत्रकारहरू डर, त्रास र दमनमुक्त वातावरणमा कार्य गर्न पाउनु पर्ने उल्लेख छ। ‘यो उनीहरूको नैसर्गिक तथा संवैधानिक अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ।

संघले पत्रकार पाठकमाथि जारी गरिएको गिरफ्तारी आदेश तुरुन्त फिर्ता लिन र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारसँग स्पष्ट र दृढ प्रतिबद्धता जनाउन माग गरेको छ।

‘प्रेस स्वतन्त्रताको पक्षमा स्पष्टतापूर्वक उभिएर, राज्यका कुनै पनि अंगबाट हुने दमनकारी कार्यको संघ कडा शब्दमा भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

संघले प्रेस स्वतन्त्रता कायम राख्नका लागि सशक्त आवाज उठाउने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १४:११

तपाईको प्रतिक्रिया !