शैक्षिक गुणस्तर खस्कँदै, सुधारका लागि सहकार्य जरुरी : मुख्यमन्त्री सिंह

शैक्षिक गुणस्तर खस्कँदै, सुधारका लागि सहकार्य जरुरी : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २७, मंगलवार २२:०५
शैक्षिक गुणस्तर खस्कँदै, सुधारका लागि सहकार्य जरुरी : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै गएकाले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय गरी शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको बताएका छन्।

ADVERTISEMENT

राजर्षि जनक विश्वविद्यालयका सहकुलपति समेत रहेका मुख्यमन्त्री सिंहले विभिन्न अध्ययन र तथ्यांकले मधेसको शैक्षिक अवस्था कमजोर देखाएको उल्लेख गर्दै संघीय सरकारले अन्य विश्वविद्यालयलाई जस्तै मधेस सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि आर्थिक सहयोग गर्नुपर्ने धारणा राखे।

जनकपुरधाममा आज आयोजित विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले भने, “मधेसको शैक्षिक अवस्था सुधार्न तीनै तहको सरकारको समन्वय अत्यावश्यक छ। संघीय सरकारको सहयोगबिना प्रदेश सरकारले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन।”

समारोहमा उनले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा आगामी भविष्यका लागि शुभकामना दिएका थिए। उनले विश्वविद्यालयले प्रदेशमै उच्च शिक्षाको पहुँच वृद्धि गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार २२:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !