नयाँ कमला पुलको लागि बजेट राखेको छु : मुख्यमन्त्री सिंह

नयाँ कमला पुलको लागि बजेट राखेको छु : मुख्यमन्त्री सिंह
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २७, मंगलवार २०:२३
नयाँ कमला पुलको लागि बजेट राखेको छु : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन्।

मंगलबार मधेश प्रदेश सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नयाँ पुल निर्माणका लागि आवश्यक रकम छुट्याइएको जानकारी दिएका हुन्।

ADVERTISEMENT

‘नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषासँग भएको सम्झौताको सरकारले पालना गर्छ,’ उनले भने, ‘मैले दिएको प्रतिबद्धता अनुसार बजेटमा योजना समावेश गरिएको हो।’

उनका अनुसार अहिलेको भासिएको कमला पुलभन्दा ८ सय मिटर उत्तरतर्फ नयाँ पुल निर्माण गरिनेछ।

मुख्यमन्त्री सिंहले जनस्तरबाट उठेको मागअनुसार प्रदेश सरकारले सकारात्मक रूपमा प्रतिक्रिया जनाउँदै सम्झौता अनुसारको प्रक्रिया अघि बढाएको बताए।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार २०:२३

तपाईको प्रतिक्रिया !