षड्यन्त्रकारीको घेराबन्दी चिर्दै मिसन ०८४ तर्फ अघि बढ्दैछ जनमत : डा. राउत

षड्यन्त्रकारीको घेराबन्दी चिर्दै मिसन ०८४ तर्फ अघि बढ्दैछ जनमत : डा. राउत
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार १८:३१
षड्यन्त्रकारीको घेराबन्दी चिर्दै मिसन ०८४ तर्फ अघि बढ्दैछ जनमत : डा. राउत

राजविराज : जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टी ‘मिसन ०८४’ मा लक्ष्यित ढंगले अघि बढिरहेको बताएका छन्।

सप्तरी क्षेत्र नम्बर ४ स्थित बलान विहुलमा आयोजित राष्ट्रिय समन्वय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले जनमत पार्टीविरुद्ध षड्यन्त्र र भ्रम फैलाउने प्रयास भइरहे पनि जनताको साथ र समर्थनका कारण संगठन अझ सशक्त हुँदै गएको बताए।

ADVERTISEMENT

‘जनताको आवाजबाट जन्मिएको जनमत पार्टीलाई कमजोर पार्न विपक्षीहरूले अनेक षड्यन्त्र गरिरहेका छन्, तर जनताकै साथ र विश्वासले हामी अघि बढिरहेका छौं,’ उनले भने, ‘मिसन ०८४ मा पार्टीलाई सबै तहमा स्थापित गर्ने उद्देश्यसहित संगठन विस्तारमा लागिरहेका छौं।’

उनले भ्रष्ट प्रणालीको अन्त्य गरेर समावेशी र दिगो विकासको मूलप्रवाहलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। अनुशासित र संगठित कार्यकर्ताकै बलमा संगठन बलियो हुने भन्दै उनले सबै तहमा जनमतको उपस्थिति सुनिश्चित गर्न कार्यकर्तालाई आह्वान गरे।

कार्यक्रममा बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेशकुमार झा, प्रचारप्रसार विभाग प्रमुख उपेन्द्र साह, जिल्ला इन्चार्ज रामगमन साह, नेतृहरू पिंकी भगत र प्रियंका कुमारी सन्तलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार १८:३१

तपाईको प्रतिक्रिया !