प्रेस जनमत संघ केन्द्रिय समिति गठन, अध्यक्षमा अवधेश झा

प्रेस जनमत संघ केन्द्रिय समिति गठन, अध्यक्षमा अवधेश झा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार १४:१५
प्रेस जनमत संघ केन्द्रिय समिति गठन, अध्यक्षमा अवधेश झा

जनकपुरधाम : जनमत पार्टीको शुभेच्छुक संगठनका रूपमा रहेको प्रेस जनमत संघले २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ।

आइतबार पार्टीको केन्द्रीय सचिवालयको निर्णयअनुसार गठन गरिएको समितिमा संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने पत्रकारहरूको प्रतिनिधित्व रहेको छ।

ADVERTISEMENT

नवगठित समितिको अध्यक्षमा सप्तरीका अवधेशकुमार झा चयन भएका छन् भने सह–अध्यक्षमा रामनारायण विश्वास र सदस्य सचिवमा महोत्तरीका ललन मण्डल चयन भएका छन्।

समितिका अन्य सदस्यहरूमा जितेन्द्र खड्गा,मधेशपत्रका संचालकसमेत रहेका मनोज मोरबैता, सुमित मिश्र, अनिल पाण्डे, केशव लुइँटेल, शम्भु पण्डित, शेख मोजिबुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामल कुमार गिरी, बिजेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार साह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमला कुमारी र रिना कुमारी केसी रहेका छन्।

संघले स्वतन्त्र, उत्तरदायी र लोकतान्त्रिक सञ्चार प्रणालीको प्रवर्द्धन गर्दै पार्टीसँग सहकार्य गर्ने लक्ष्य लिएको जनाएको छ। संघका जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठनको प्रक्रियामा रहेको जानकारी दिइएको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले केन्द्रीय सदस्य सचिव ललन मण्डललाई पत्रमार्फत समिति विधिवत घोषणा गर्नुभएको हो। उनले नवगठित समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, अध्यक्ष राउतले प्रेस जनमत संघले पार्टी र पत्रकारिता क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार १४:१५

तपाईको प्रतिक्रिया !