साउदी अरबमा गैरआवासीय मधेसी संघको पाँचौं महाधिवेशन सम्पन्न

साउदी अरबमा गैरआवासीय मधेसी संघको पाँचौं महाधिवेशन सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार ११:५०
साउदी अरबमा गैरआवासीय मधेसी संघको पाँचौं महाधिवेशन सम्पन्न

साउदी अरब : गैरआवासीय मधेसी संघ, साउदी अरबको पाँचौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। इस्लाम धर्मावलम्बीहरूको पवित्र चाड ईद अल अधाको अवसर पारेर शनिबार अल खोबरमा कार्यक्रम आयोजना गरिएको हो।

संघका साउदी अरब इञ्चार्ज कासिन्द्र पासमानको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा गैरआवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिका सल्लाहकार दिनेश साहु प्रमुख अतिथिका रूपमा सहभागी भए। भर्चुअल माध्यम जुममार्फत जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रमुख अतिथिको रूपमा सम्बोधन गरे।

ADVERTISEMENT

महाधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, साउदी अरबका पूर्व पदाधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ३५ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

अध्यक्षमा पुनः कासिन्द्र पासमान चयन भएका छन् भने सह–अध्यक्षमा सरुप मधेसी, महासचिवमा बिरछ दास, कोषाध्यक्षमा गौतम महतो, सह–कोषाध्यक्षमा पप्पु कुमार यादव, र प्रवक्तामा मोहित कुमार मण्डल चयन भएका छन्।

अनुशासन विभाग प्रमुखमा दिनेश साहु चयन भएका छन्। वरिष्ठ उपाध्यक्षहरूमा मनि दास, अशोक महतो, सोनेलाल मण्डल र जयकुमार यादव छन्। उपाध्यक्षहरूमा ई. सन्तोष कुमार मण्डल, बुधन साह, जयकुमार यादव र शंकर यादव चयन भएका छन्।

सचिवहरूमा ई. मोतिराम यादव, लोक रञ्जन महतो तथा सह–सचिवहरूमा लालबाबु महतो, सोमनाथ चौधरी र कमल माझि रहेका छन्। माध्यम संयोजकमा सन्तोष यादव र सह–माध्यम संयोजकमा शंकर पासमान छन्।

सदस्यहरूमा स्माईल राइन, रबिन्द्र यादव, श्याम बाबू चौधरी, अहमद साफी, परमेश्वर कापर, मोहित साफी, रामनारायण मण्डल, हरिनन्दन महतो, शिवनाथ यादव र फेकु कापर रहेका छन्।

“परदेशमा मधेसीको साथी” भन्ने नारासहित ४४ देशमा फैलिएको गैरआवासीय मधेसी संघ जनमत पार्टीको भातृ संगठन हो।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार ११:५०

तपाईको प्रतिक्रिया !