रौतहटको डाबरी क्षेत्रमा वृहत वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाइयो

रौतहटको डाबरी क्षेत्रमा वृहत वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाइयो
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २२, बिहीबार २३:०३
रौतहटको डाबरी क्षेत्रमा वृहत वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाइयो

रौतहट : “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने नारासहित ५३औं विश्व वातावरण दिवस रौतहटमा वृक्षारोपण गरी मनाइएको छ।

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष मनाउँदै आएको वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका–४ र ६ मा पर्ने डाबरी पार्क क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

ADVERTISEMENT

कार्यक्रममा आँप, लिची, अम्बा, अमला लगायतका विभिन्न प्रजातिका ४०० विरुवा रोपिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जनाएको छ।

उक्त कार्यक्रममा डिभिजन वन कार्यालय रौतहट मूल आयोजकका रूपमा सक्रिय थियो भने सह आयोजकमा हातेमालो सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर नगरपालिका, ग्रामीण विकास केन्द्र रौतहट, रौतहट बचत तथा ऋण सहकारी संस्था, मुनलाइट बालनिकेतन, चन्द्रज्योति बोर्डिङ स्कूल, सामुदायिक वन उपभोक्ता महासंघ रौतहट लगायतका संघसंस्था रहेका थिए।

कार्यक्रम हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–६ का अध्यक्ष रामलाल ठोकरको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्ले थिए भने विशिष्ट अतिथि डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह रहेका थिए।

अतिथिमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, सशस्त्र प्रहरी बल बेस क्याम्प चन्द्रनिगाहपुरका प्रमुख राजेन्द्र गुरागाई, सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरी दाहाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन महासंघका उपाध्यक्ष टिका आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य डिभिजन वन कार्यालयका अधिकृत नेपाली साहले रहेको थियो। शुभकामना मन्तव्य नगरप्रमुख काफ्ले र महासंघ अध्यक्ष दाहालले व्यक्त गरे।

वृक्षारोपण कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, चन्द्रनिगाहपुरस्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सामुदायिक वन समूहका सदस्य, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा डिभिजन वन कार्यालयका कर्मचारीसमेत गरी करिब ४५० जना सहभागी भएका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार २३:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !