मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णको राजीनामा

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णको राजीनामा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २०, मंगलवार ००:४५
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णको राजीनामा

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–३ निवासी अनिलकुमार कर्णले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार पदबाट राजीनामा दिएका छन्।

कर्णले सोमबार आफ्नो फेसबुकमार्फत एक पत्र सार्वजनिक गर्दै राजीनाको घोषणा गरेका हुन्। राजीनामा पत्रमा उनले दस महिना उक्त जिम्मेवारी सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

ADVERTISEMENT

“फरक राजनीतिक सिद्धान्त, विचारधारा र संलग्नता हुने व्यक्तिलाई सामान्यतया नदिइने सो जिम्मेवारी यहाँले मलाई दिंदा मैले मेरो योग्यता र क्षमतामाथि गर्व गर्ने स्थिति बनेको निवेदन गर्दछु,” कर्णले लेखेका छन्।

तर, प्रेस सल्लाहकारको हैसियतमा रहँदा आफ्नो पेसागत यात्रा प्रभावकारी ढंगले अघि बढाउन कानुनी र नैतिक रूपमा कठिन महसुस भएको भन्दै उनले राजीनामा दिएको जनाएका छन्।

“यहाँसँग निकट रहेर प्राप्त अनुभव मेरा लागि अवस्मरणीय र अनुकरणीय छ,” कर्णले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार ००:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !