चलचित्र बोर्डमा नियुक्ति : कलाकार यादवको प्रश्न– ‘कलाकारिता के छ यिनको?’

चलचित्र बोर्डमा नियुक्ति : कलाकार यादवको प्रश्न– ‘कलाकारिता के छ यिनको?’
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १९, सोमबार ००:४८
चलचित्र बोर्डमा नियुक्ति : कलाकार यादवको प्रश्न– ‘कलाकारिता के छ यिनको?’

जनकपुरधाम : चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड, मधेश प्रदेशका नवनियुक्त अध्यक्ष किशोर कुमार लेखीको नियुक्तिलाई लिएर चर्को आलोचना सुरु भएको छ। सिरहाका कलाकार लालकिशोर यादवले लेखीको नियुक्तिमा गम्भीर प्रश्न उठाउँदै पारदर्शिताको अभाव भएको टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले लेखीको कलाकारितासम्बन्धी योग्यता र अनुभवप्रति शंका व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यिनी हुन् चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड मधेश प्रदेशका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखी। निजको कलाकारिताको बारेमा कस-कसलाई थाहा छ?’

ADVERTISEMENT

यादवले अध्यक्ष लेखीको नियुक्तिमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रभाव रहेको दाबी समेत गरेका छन्। उनले लेखेका छन्, ‘जानकारी पाऔं, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफन्तलाई भर्ना गरेका हुन् अरे… काका को छोरा।’

गृहमन्त्री लेखीले हालै मात्र चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीको नियुक्ति गरेको हो। तर, नियुक्ति प्रक्रियामा पारदर्शिता नहुँदा र नियुक्त भएकाको कलाकारितासम्बन्धी पृष्ठभूमिबारे स्पष्टता नहुँदा विषय विवादित बनेको हो।

यस विषयमा अध्यक्ष लेखी र मन्त्री राजकुमार लेखीको धारणा भने सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार ००:४८

तपाईको प्रतिक्रिया !