कमला नगरपालिकामा २१ दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु

कमला नगरपालिकामा २१ दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १८, आईतवार २३:०२
कमला नगरपालिकामा २१ दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा युवायुवतीलाई लक्षित गर्दै २१ दिने विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु गरिएको छ।

आईतबार एक समारोहबीच तालिमको उद्घाटन गरिएको हो। कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा तालिमको सुरुवात गरिएको हो। नगर प्रमुख यादवले विपद्को बेला सुरक्षाकर्मीको साथ साथै स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने भन्दै तालिममार्फत युवालाई समाजसेवामा अग्रसर गराउने उद्देश्य रहेको बताए।

ADVERTISEMENT

नगरपालिकाका ९ वटै वडाबाट इच्छुक युवायुवतीलाई तालिममा सहभागी गराइएको छ।

शसस्त्र प्रहरी बल ८ नम्बर गण हेडक्वार्टरका एसपी निर्मल खड्काको विशेष उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै एसपी खड्काले विपद्का बेला सहायता, सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न युवाहरू सक्षम हुनेगरी तालिम दिइने बताए। उनले बाढी, डुबान, आगलागीजस्ता घटनामा सशस्त्र प्रहरीकै जस्तो दक्षता हासिल हुनेगरी प्रशिक्षण प्रदान गरिने जानकारी दिए।

शसस्त्र प्रहरी बल बेस क्याम्प दुबरकोट हथलेटवाका इन्चार्ज एवं प्रहरी निरीक्षक हेमन्त लिम्बुको पहलमा तालिम सुरु गरिएको हो। तालिमको निरीक्षण तथा कमाण्ड उनैले गर्ने जनाइएको छ।

बेस क्याम्पमै तालिम सञ्चालन गरिने तालिम अवधिभर सहभागीका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ।

तालिम उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. २ का ठकु यादव, वडा नं. ३ का रामभगत यादव, वडा नं. ५ का शिवा पासवान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र र योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढानको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार २३:०२

तपाईको प्रतिक्रिया !