एमाले कार्यकर्तालाई छूट,पत्रकारलाई रोक: कार्यक्रमस्थलमा सभामुखको सल्लाहकार यादवको दादागिरी

एमाले कार्यकर्तालाई छूट,पत्रकारलाई रोक: कार्यक्रमस्थलमा सभामुखको सल्लाहकार यादवको दादागिरी
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ जेष्ठ १८, आईतवार १२:५६
एमाले कार्यकर्तालाई छूट,पत्रकारलाई रोक: कार्यक्रमस्थलमा सभामुखको सल्लाहकार यादवको दादागिरी

जनकपुरधाम : मधेश प्रदेश सरकारले “गौरवपूर्ण योजना” अन्तर्गत प्रदेशका ६४ वटा निर्वाचन क्षेत्रका सडकहरू कालोपत्रे गर्ने शिलान्यास कार्यक्रम तय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहबाट दिउँसो १ बजे डिजिटल माध्यमबाट शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो।

ADVERTISEMENT

तर, कार्यक्रम स्थलमा समाचार संकलनका लागि पुगेका मधेश पत्रका सञ्चालक तथा पत्रकार मनोज कुमार मोरबैतालाई प्रवेशमा रोक लगाइएको छ। उनी सुरक्षाकर्मीको नियमित जाँच प्रक्रियापछि प्रवेश गर्न लागेका बेला सभामुख रामचन्द्र मण्डलका सल्लाहकार लक्ष्मीनारायण यादवले दादागिरीपूर्ण व्यवहार गर्दै गेटमै रोकेको पत्रकार मोरबैताले बताएका छन्।

‘म स्वयं आयोजक हुँ’ भन्दै रोक
पत्रकार मोरबैताका अनुसार प्रवेशमा रोक लगाएपछि जब उनले परिचय मागे, यादवले आफू नै कार्यक्रमका आयोजक भएको दाबी गरे। यद्यपि, कार्यक्रमको आयोजना भने मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो।

स्थानीय स्रोतका अनुसार, कार्यक्रमस्थलमा नेकपा (एमाले)का कार्यकर्ताहरूलाई यादवकै निर्देशनमा सहजै प्रवेश दिइएको थियो। पत्रकारलाई रोक लगाउने तर पार्टी कार्यकर्तालाई प्रवेश गराउने व्यवहारले पूर्वाग्रह झल्किएको बताइएको छ।

पछिल्ला रिपोर्टिङसँग जोडिएको पूर्वाग्रह?
लक्ष्मीनारायण यादव हालै सम्पन्न नेकपा एमाले धनुषा जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए। सो अधिवेशनको क्रममा देखिएका अनियमितता र विवादलाई लिएर मधेशपत्रमा पटकपटक समाचार प्रकाशित भएका थिए। त्यही विषयलाई लिएर पत्रकार मोरबैताप्रति पूर्वाग्रही व्यवहार गरिएको उनले बताएका छन्।

मन्त्री सम्पर्कविहीन
यस विषयमा प्रतिक्रिया लिन खोज्दा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवसँग फोनमार्फत सम्पर्क गर्न प्रयास गर्दा फोन उठेन।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १२:५६

तपाईको प्रतिक्रिया !