जनकपुरधाममा पूर्वमन्त्री यादवद्वारा मानव सेवा आश्रममा भोजन सेवा

जनकपुरधाममा पूर्वमन्त्री यादवद्वारा मानव सेवा आश्रममा भोजन सेवा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार २२:४५
जनकपुरधाममा पूर्वमन्त्री यादवद्वारा मानव सेवा आश्रममा भोजन सेवा

जनकपुरधाम : मधेस प्रदेश सरकारका पूर्व शिक्षामन्त्री तथा जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले शनिबार जनकपुरधामस्थित मानव सेवा आश्रममा भोजन सेवा गरेका छन्।

नेता यादव आफ्ना परिवारसहित आश्रममा पुगेर त्यहाँ आश्रित व्यक्तिहरूलाई भोजन गराएका हुन्। सामाजिक सेवामा सक्रिय यादवले तन, मन र धनबाट निरन्तर योगदान दिँदै आएको मानव सेवा आश्रम जनकपुरधामले जनाइएको छ।

ADVERTISEMENT

भोजन सेवा कार्यक्रमको क्रममा यादवले यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

उनको सामाजिक सेवामा सक्रिय सहभागिताप्रति सम्मान प्रकट गर्दै सहभागीहरूले सपरिवारको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार २२:४५

तपाईको प्रतिक्रिया !