जयनाथ अधिकारीको नेतृत्वमा धनुष सागर पोखरी सरसफाइ अभियान

जयनाथ अधिकारीको नेतृत्वमा धनुष सागर पोखरी सरसफाइ अभियान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार १५:०४
जयनाथ अधिकारीको नेतृत्वमा धनुष सागर पोखरी सरसफाइ अभियान

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको राम चौकस्थित राम मन्दिरको पूर्वपट्टिको ऐतिहासिक तथा धार्मिक महत्वको धनुष सागर पोखरीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

प्रगतिशील समाज नेपालका अध्यक्ष जयनाथ अधिकारीको नेतृत्वमा प्रत्येक शनिबार बिहान पोखरी सरसफाइ अभियान चलाइएको हो। अधिकारीका अनुसार हालसम्म चार शनिबार सरसफाइ गरिएको छ।

ADVERTISEMENT

“धनुष सागर हाम्रो सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदा हो,” उनले मधेशपत्रसंग भने, “युवाहरूको सक्रियतामा हामीले यसको संरक्षण र सरसफाइको अभियान थालेका हौँ।”

सरसफाइ अभियानमा कबिर बाल आश्रमका संस्थापक श्रीसंत सत्यनारायण आलोक बाबा लगायतका युवा स्वयंसेवकहरूको पनि सक्रिय सहभागिता रहेको छ।

धनुष सागरलाई स्वच्छ र संरक्षण गर्नुपर्ने उद्देश्यसहित सरसफाइ सुरु गरिएको अध्यक्ष अधिकारीले बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १५:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !