खजुरी प्रहरीले गर्‍यो विष्हरस्थान मन्दिर परिसरमा सरसफाइ

खजुरी प्रहरीले गर्‍यो विष्हरस्थान मन्दिर परिसरमा सरसफाइ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार १३:०९
खजुरी प्रहरीले गर्‍यो विष्हरस्थान मन्दिर परिसरमा सरसफाइ

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिका–३ स्थित ऐतिहासिक विष्हरस्थान मन्दिर परिसरमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय खजुरीका प्रमुख प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल बीओपी खजुरी धनुषाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खनालको नेतृत्वमा थप ९ जना गरी १८ जनाको संयुक्त टोलीले मन्दिर क्षेत्रमा सरसफाइ गरेको हो।

ADVERTISEMENT

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने विष्हरस्थान मन्दिर परिसरको वातावरण सफा र स्वच्छ बनाउन अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक नेम्वाङले जानकारी दिए। उनले यस प्रकारको अभियानले स्थानीयमा सरसफाइप्रतिको चेतना बढाउने विश्वाससमेत व्यक्त गरे।

अभियानमा संलग्न प्रहरीले मन्दिर परिसरको खुला स्थान, बाटो तथा वरपरको क्षेत्रमा जम्मा भएका फोहर संकलन तथा व्यवस्थापन गरेका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १३:०९

तपाईको प्रतिक्रिया !