जनमत नेताहरूको विश्वास– ‘मन्त्री कुशवाहाबाट समृद्ध मधेश निर्माणमा टेवा पुग्नेछ’

जनमत नेताहरूको विश्वास– ‘मन्त्री कुशवाहाबाट समृद्ध मधेश निर्माणमा टेवा पुग्नेछ’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १६, शुक्रबार १५:२२
जनमत नेताहरूको विश्वास– ‘मन्त्री कुशवाहाबाट समृद्ध मधेश निर्माणमा टेवा पुग्नेछ’

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बसन्त कुशवाहाको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले समृद्ध मधेश निर्माणमा कुशवाहाको उल्लेखनीय योगदान रहने अपेक्षा पनि गरेका छन्।

शुक्रबार जनमत पार्टी मधेश प्रदेश संसदीय दलको कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा यादवले मन्त्री कुशवाहालाई खादा ओढाएर र अबिरको टीका लगाएर बधाई दिएका हुन्।

ADVERTISEMENT

प्रदेश सरकारमा मन्त्री नियुक्त भएपछि कुशवाहालाई बधाई दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पार्टीका प्रदेश सांसदहरूको उपस्थिति थियो। कार्यक्रममा पूर्व वनमन्त्री त्रिभुवन साह, पूर्व पर्यटनमन्त्री सकिल अली मियाँ, पूर्व पर्यटन राज्यमन्त्री शम्भु साहलगायत प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने नेताहरूले मन्त्रालयअन्तर्गतका योजना तथा नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै मन्त्री कुशवाहालाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १५:२२

तपाईको प्रतिक्रिया !