रौतहटको भोटेटोलमा एक बिगाहा वनजग्गा अतिक्रमण मुक्त

रौतहटको भोटेटोलमा एक बिगाहा वनजग्गा अतिक्रमण मुक्त
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १९:४७
रौतहटको भोटेटोलमा एक बिगाहा वनजग्गा अतिक्रमण मुक्त

रौतहट : रौतहटको बृन्दावन नगरपालिका–१ अन्तर्गत भोटे टोलमा अतिक्रमण गरिएको वनजग्गा हटाइएको छ।

डिभिजन वन कार्यालय रौतहटअन्तर्गत बृन्दावन सव डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा गएको संयुक्त गस्ती टोलीले करिब एक बिगाहा क्षेत्रफलमा फैलिएको अतिक्रमित वनजग्गा खाली गराएको हो।

ADVERTISEMENT

डिभिजन वन कार्यालय, बृन्दावन सव डिभिजन बलरी र चेतनगर पोष्टका वन कर्मचारीहरुको संयुक्त टोलीले पाँच स्थानमा फैलिएको अदुवा, वेसार, केरा र तरकारी खेती नष्ट गरेको छ। साथै सोही स्थानमा बनाइएको टहरा पनि हटाइएको छ।

डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहका अनुसार वन क्षेत्र मिचेर गरिएको खेती तथा संरचना निर्माण वन ऐनविपरीत भएको भन्दै त्यसमा संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

उनले भने, “वन ऐन तथा नियमावली अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। वन क्षेत्र संरक्षणका लागि यस्ता गस्ती नियमित रूपमा जारी रहनेछन्।”

 

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १९:४७

तपाईको प्रतिक्रिया !