भारतबाट भित्र्याइएको झन्डै १३ लाखको औषधि बरामद

भारतबाट भित्र्याइएको झन्डै १३ लाखको औषधि बरामद
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार ०९:५५
भारतबाट भित्र्याइएको झन्डै १३ लाखको औषधि बरामद

पर्सा : भारतबाट भन्सार छल्दै ल्याइएको झन्डै १३ लाख रुपैयाँ बराबरको औषधि पर्साबाट प्रहरीले बरामद गरेको छ।

बिन्दवासिनी गाउँपालिका–४ मधवलस्थित सडकखण्ड हुँदै चोरी पैठारी गरी ल्याइएको ना ५ च २४८३ नम्बरको पिकअप गाडीमा लोड गरिएको औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार गाडीबाट बरामद औषधिको मूल्य १२ लाख ७८ हजार ५ सय २० रुपैयाँ बराबर छ।

वीरगन्जतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरी टोलीले गाडी नियन्त्रणमा लिई बारा जितपुर सिमरा उपमहानगरपालिका–५ का २४ वर्षीय सुनिलकुमार रामलाई पक्राउ गरेको हो।

बरामद औषधिसम्बन्धी कुनै बिलबिजक नदेखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार ०९:५५

तपाईको प्रतिक्रिया !