नवलपरासीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार ०९:२०
नवलपरासीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीनजना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

गम्भीर घाइते मनिषको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार ०९:२०

तपाईको प्रतिक्रिया !