जानकी मेडिकलमा थाइराइड डे को अवसरमा निःशुल्क उपचार, करिब ३ सय बिरामी लाभान्वित

जानकी मेडिकलमा थाइराइड डे को अवसरमा निःशुल्क उपचार, करिब ३ सय बिरामी लाभान्वित
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार ०६:३७
जानकी मेडिकलमा थाइराइड डे को अवसरमा निःशुल्क उपचार, करिब ३ सय बिरामी लाभान्वित

जनकपुरधाम : जानकी मेडिकल शिक्षण अस्पताल रमदैयाले थाइराइड डे को अवसरमा विशेष निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। थाइराइड सम्बन्धी समस्याबाट पीडित बिरामीहरूको निःशुल्क जाँच तथा उपचार सेवा दिइएको उक्त कार्यक्रममा करिब ३ सय बिरामीहरूले लाभ लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालमा विहानदेखि बेलुकासम्म सञ्चालन गरिएको निशुल्क उपचारबाट थाइराइडको लक्षण, कारण, जाँच र उपचार सम्बन्धी परामर्श समेत प्रदान गरिएको थियो। थाइराइड रोगप्रति जनचेतना फैलाउने र यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको अस्पतालले जनाएको छ।

ADVERTISEMENT

स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले जानकी मेडिकल शिक्षण अस्पतालले विभिन्न समयमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेमा सरकारी अस्पतालपछि जिल्लामा यही अस्पताल सक्रिय रहेको छ।

स्थानीय अस्पतालको सेवाबाट हर्षित छन्। विभिन्न वर्ग र समुदायका नागरिकहरूलाई लाभ हुनेगरी नियमितरूपमा सञ्चालन हुने यस्ता कार्यक्रमले समाजमा स्वास्थ्यप्रति चेतना बढाउने विश्वास अस्पतालको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार ०६:३७

तपाईको प्रतिक्रिया !