प्रहरी संगठनप्रति निष्ठावान रहँदै सेवानिवृत्त भए एआईजी आचार्य

प्रहरी संगठनप्रति निष्ठावान रहँदै सेवानिवृत्त भए एआईजी आचार्य
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार २०:२०
प्रहरी संगठनप्रति निष्ठावान रहँदै सेवानिवृत्त भए एआईजी आचार्य

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले हालै उमेर हदका कारण सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यलाई आइतबार बिदाइ गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा आईजीपी थापाले संगठनमा आचार्यले पुर्‍याएको योगदानको प्रसंसा गरे।

ADVERTISEMENT

थापाले एआईजी आचार्यले संगठनबाट प्राप्त जिम्मेवारी उच्च व्यावसायिकता, इमानदारी, निष्ठा र लगनशीलताका साथ निर्वाह गरेको उल्लेख गरे।

कार्यक्रममा आईजीपी थापाले सेवा निवृत्त एआईजी आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए।

त्यस अवसरमा एआईजी आचार्यले आफ्नो सेवा अवधिभरका अनुभव सुनाउँदै संगठनमा काम गर्दा पाएको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे।

वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका आचार्य जेठ १० गतेबाट उमेर हदका कारण सेवा निवृत्त भएका हुन्।

बिदाइ समारोहमा एआईजीहरू, डिआईजीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार २०:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !