लागू औषध तस्करीविरुद्ध प्रहरीको कडा अभियान, प्रमोद ईस्पेक्टरको अगुवाइमा सफलता

लागू औषध तस्करीविरुद्ध प्रहरीको कडा अभियान, प्रमोद ईस्पेक्टरको अगुवाइमा सफलता
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार २२:२१
लागू औषध तस्करीविरुद्ध प्रहरीको कडा अभियान, प्रमोद ईस्पेक्टरको अगुवाइमा सफलता

धनकुटा : प्रहरी ईस्पेक्टर प्रमोद खड्का अपराध नियन्त्रणमा सक्रिय र नतिजामूलक कामका लागि चिनिँदै गएका छन्।

सप्तरीमा १९ महिनाको कार्यकालमा उनले कैयौं अपराधीहरूलाई कानुनी दायरामा ल्याए। त्यसपछि तेह्रथुममा ९ महिनाको सेवा अवधि पूरा गरेपछि उनी हाल इलाका प्रहरी कार्यालय राजारानी,धनकुटामा कार्यरत छन्।

ADVERTISEMENT

धनकुटामा कार्यभार सम्हालेको दुई महिनामै ईस्पेक्टर खड्काको नेतृत्वमा प्रहरीले लागू औषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा १ हजार ८३६ किलोग्राम गाँजा, ९ सय पिस ट्रामाडोल र ९ सय पिस डेइजी–२० बरामद गरिएको हो।

धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार तस्करहरू फरार रहेका छन् भने उनीहरूलाई पक्राउ गर्न व्यापक खोजी अभियान जारी छ। ‘ईस्पेक्टर खड्काको नेतृत्वमा लागू औषध तस्करीविरुद्धको अभियान अझ सशक्त बनाइनेछ,’ एक प्रहरी स्रोतले भन्यो।

उनको कार्यशैली, प्रतिबद्धता र टोली व्यवस्थापन क्षमताले जिल्लामा अपराध नियन्त्रणमा प्रभावशाली परिणाम ल्याएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी विभागले पनि लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै थप रणनीति बनाइरहेको जनाएको छ।

प्रमोद खड्काको नेतृत्वमा धनकुटा प्रहरीले देखाएको सक्रियता र परिणामले लागू औषध नियन्त्रणको अभियानमा नयाँ आयाम थपेको छ। यो प्रयासले जिल्लामात्र होइन, प्रदेशस्तरमै सकारात्मक सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार २२:२१

तपाईको प्रतिक्रिया !