निवर्तमान वनमन्त्री त्रिभुवन साहलाई बिदाई, आगामी यात्राका लागि शुभकामना

निवर्तमान वनमन्त्री त्रिभुवन साहलाई बिदाई, आगामी यात्राका लागि शुभकामना
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार १६:४८
निवर्तमान वनमन्त्री त्रिभुवन साहलाई बिदाई, आगामी यात्राका लागि शुभकामना

जनकपुरधाम : मधेश प्रदेशका निवर्तमान वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई मन्त्रालयको तर्फबाट एक विशेष समारोहका बीच बिदाई गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना प्रदान गरिएको छ।

शनिबार मधेश भवनस्थित वन तथा वातावरण मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा नवनियुक्त मन्त्री संजयकुमार यादवले निवर्तमान मन्त्री साहलाई दोसल्ला, फूलमाला र मायाको चिनो प्रदान गर्दै आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गरे।

ADVERTISEMENT

त्रिभुवन साह जनमत पार्टीको तर्फबाट मन्त्री बनेका थिए। उनी सिरहा क्षेत्र नं. ४ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। आफ्नो कार्यकालमा उनले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेका थिए। हाल उनी मन्त्री पदबाट निवृत्त भएका छन्।

बिदाई समारोहमा मन्त्रालयका कर्मचारी, सहकर्मी तथा अन्य अधिकारीहरूले मन्त्री साहको कार्यकालमा गरिएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसा व्यक्त गरेका थिए। साथसाथै, आगामी राजनीतिक यात्रामा सफलता मिलोस् भन्ने कामना पनि गरिएको थियो।

मन्त्री साहको कार्यकालमा वन संरक्षण, वातावरणीय सुधार तथा दिगो विकासका लागि विभिन्न पहलहरू गरिएको उल्लेख गरिएको छ। उनले वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए, जसले मधेश प्रदेशमा सकारात्मक प्रभाव पार्न सफल भएको बताइएको छ।

कार्यक्रमको अध्यक्षता वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव प्रसाद घिमिरेले गरेका थिए। कार्यक्रममा वन निर्देशनालयका निर्देशक जगरनाथ जसवालसहित मन्त्रालय मातहतका कार्यालय प्रमुखहरूकोसमेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १६:४८

तपाईको प्रतिक्रिया !