कमला पुल निरीक्षणमा आएका गृहमन्त्री लेखकको कार्यक्रममा सिरहाका पत्रकारलाई रोक

कमला पुल निरीक्षणमा आएका गृहमन्त्री लेखकको कार्यक्रममा सिरहाका पत्रकारलाई रोक
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार १७:२७
कमला पुल निरीक्षणमा आएका गृहमन्त्री लेखकको कार्यक्रममा सिरहाका पत्रकारलाई रोक

जनकपुरधाम : धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला पुल निरीक्षण गर्न आएका गृहमन्त्री रमेश लेखकको कार्यक्रममा सिरहाबाट आएका पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छ।

स्थानीय पत्रकार सुरेन्द्र कामतीका अनुसार निरीक्षण स्थलमा खटिएका सुरक्षाकर्मीहरूले “माथिबाट आदेश आएको” भन्दै रिपोर्टिङ गर्न नदिएको बताएका छन्। उनले भने, “हामी सूचना संकलन गर्न पुगेका थियौं, तर प्रहरीले स्पष्ट रूपमा भन्यो कि माथिबाट आदेश आएको छ, त्यसैले रिपोर्टिङ गर्न मिल्दैन।”

ADVERTISEMENT

कमला नदीमा निर्माणाधीन पुलको निरीक्षणका लागि गृहमन्त्री लेखकसहित स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली पुगेको थियो। पुलको अवस्था, निर्माणको प्रगति र सुरक्षा सम्बन्धी जानकारी लिनु मन्त्रीको उद्देश्य रहेको बताइएको छ।

तर, पत्रकारलाई सूचना संकलनबाट रोक्नु प्रेस स्वतन्त्रताको हनन भएको भन्दै सिरहाका पत्रकारहरूले आपत्ति जनाएका छन्।

पत्रकार महासंघका एक पदाधिकारीले भने, “सरकारी निरीक्षण कार्यक्रम पत्रकारका लागि सार्वजनिक चासोको विषय हो। यस्तो कार्यक्रममा पत्रकारलाई रोक्नु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हो। हामी यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा छौं।”

यस विषयमा जिल्ला प्रशासन कार्यालय वा गृहमन्त्रालयको आधिकारिक प्रतिक्रिया भने अझै आएको छैन।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १७:२७

तपाईको प्रतिक्रिया !