सिरहाको कमलदहमा घाट निर्माण सुरु, ४० लाख लागतमा बन्ने

सिरहाको कमलदहमा घाट निर्माण सुरु, ४० लाख लागतमा बन्ने
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार ०९:०४
सिरहाको कमलदहमा घाट निर्माण सुरु, ४० लाख लागतमा बन्ने

जनकपुरधाम : सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदह सिमसार क्षेत्र संरक्षण तथा सौन्दर्यकरणका लागि घाट निर्माण कार्य सुरु गरिएको छ।

मंगलबार मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले एक कार्यक्रमका बीच घाट निर्माणको शिलान्यास गरेका हुन्।

ADVERTISEMENT

घाट निर्माणको कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गत भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय, लहानबाट सञ्चालन हुँदैछ। निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कमलदहलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले घाट निर्माणको थालनी गरिएको जनाइएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार ०९:०४

तपाईको प्रतिक्रिया !