धनुषामा सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यु

धनुषामा सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार २०:०९
धनुषामा सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यु

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–२, सराबे टोलमा सडकको खाल्डोमा डुबेर दुई बालक दाजुभाईको ज्यान गएको छ।

मंगलबार दिउँसो रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाई श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार करिब १५ दिनअघि निर्माण कार्य सुरु गरिएको कृषि सडकको खनिएको खाल्डोमा वर्षाको पानी जमेको थियो। त्यही पानी जमेको खाल्डोमा नुहाउन गएका दुवै दाजुभाई डुबेका हुन्।

बेलुकीसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको र अन्ततः खाल्डोमा मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

दुवै बालकको एकैपटक ज्यान गएपछि सराबे टोल शोकमा डुबेको छ। स्थानीयवासीले निर्माणाधीन सडकमा आवश्यक सुरक्षात्मक उपाय नगरेको उपभोक्ता समिति र ठेकेदारको लापरवाहीले दुर्घटना भएको बताएका छन्। साथै उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग समेत गरिएको छ।

मृतक दाजुभाईको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार २०:०९

तपाईको प्रतिक्रिया !