नेपाल हुँदै आतंकवादी समूह भारत प्रवेशको तयारी, सीमामा उच्च सतर्कता

नेपाल हुँदै आतंकवादी समूह भारत प्रवेशको तयारी, सीमामा उच्च सतर्कता
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ५, सोमबार ०९:४७
नेपाल हुँदै आतंकवादी समूह भारत प्रवेशको तयारी, सीमामा उच्च सतर्कता

जनकपुरधाम : भारतका सुरक्षा निकायहरू ‘अप्रेशन सिन्दूर’ अन्तर्गत उच्च सतर्कतामा छन्। बिहारस्थित भारत-नेपाल सीमा हुँदै आतंकवादी समूह भारत प्रवेश गर्ने तयारीमा रहेको खुफिया सूचनापछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

सुरक्षा एजेन्सीका अनुसार पाकिस्तान र बंगलादेशका करिब दुई दर्जन संदिग्ध व्यक्ति नेपालमार्फत भारत प्रवेश गरी आतंककारी हमला गर्ने योजनामा छन्। बंगलादेशबाट ठाकुरगञ्ज हुँदै नेपाल प्रयोग गरेर भारत छिर्ने उनीहरूको योजना रहँदै आएको बताइएको छ।

ADVERTISEMENT

बिहारको सुपौल जिल्ला सँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी), स्थानीय प्रहरी र खुफिया निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ। सीमावर्ती गाउँहरूमा निगरानी बढाइएको छ भने सबै प्रकारका गतिविधि माथि सूक्ष्म अनुगमन भइरहेको छ।

तीन कट्टर इस्लामिक समूहको संलग्नता
खुफिया निकायका अनुसार बंगलादेशमा सक्रिय तीन इस्लामिक संगठन— जमात-उल-मुजाहिदीन बंगलादेश, हरकत-उल-जिहाद अल-इस्लामी, र बंगलादेश जमात-ए-इस्लामी— भारतमा ठूलो आतंकवादी घटना गराउने तयारीमा छन्।

प्रशासनिक स्रोतहरूका अनुसार अहिले अवस्था नियन्त्रणमा रहे पनि नागरिकहरूलाई सतर्क रहन र कुनै पनि शंका लागे तुरुन्त जानकारी दिन आग्रह गरिएको छ।

स्थानीय प्रहरीको गस्ती कडाइ
सुपौलका एसपी शैशव यादवले शुक्रबार साँझ सीमावर्ती भीमनगर थानाको निरीक्षण गर्दै सुरक्षा अवस्थाको समीक्षा गरेका छन्। उनले गस्ती थप सशक्त बनाउने निर्देशन दिएका छन्। निरीक्षणपछि उनी एसएसबीको भीमनगर बोर्डर आउटपोष्टमा समेत पुगेका थिए।

एसपी यादवका अनुसार वीरपुर र निर्मली उपमण्डलमा समेत प्रहरी गस्ती बढाइएको छ। विशेषगरी रातको समयमा कोसी नदी आसपासका क्षेत्रमा निगरानी सघन बनाइएको छ। भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ।
-प्रभात खबर

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार ०९:४७

तपाईको प्रतिक्रिया !