सूचना लुकाउँदै अध्यक्ष यादव : पत्रकार ठाकुरमाथि दुर्व्यवहारको भर्त्सना

सूचना लुकाउँदै अध्यक्ष यादव : पत्रकार ठाकुरमाथि दुर्व्यवहारको भर्त्सना
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ५, सोमबार ००:०४
सूचना लुकाउँदै अध्यक्ष यादव : पत्रकार ठाकुरमाथि दुर्व्यवहारको भर्त्सना

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुर टिभीका धनुषा समाचारदाता अमरकान्त ठाकुरमाथि सो पालिकाका अध्यक्ष जयकुमार यादवले गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।

ADVERTISEMENT

विगतदेखि नै पालिकामा भइरहेका कामकारवाहीबारे सूचना नदिइँदै आएको भन्दै विभिन्न पार्टीका प्रतिनिधिहरू सुचनाको हक अन्तर्गत सूचना लिन पुगेका बेला ठाकुर समाचार संकलनका लागि त्यहाँ पुगेका थिए।

सो क्रममा अध्यक्ष यादवले दुर्व्यवहार गरेपछि घटनाले सूचना लुकाउन खोजिएको आशंका पुष्टि भएको महासंघको भनाइ छ।

“आफू पालिकामा नरहँदा पत्रकारले प्रवेश गर्न नपाउने र जानकारी गराएर मात्र आउनुपर्ने भन्ने अध्यक्ष यादवको सार्वजनिक भनाइ गैरजिम्मेवार छ,” महासंघको विज्ञप्तिमा उल्लेख छ, “यस प्रकारका गतिविधि प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन हुन्।”

महासंघले पालिकाभित्र पत्रकारहरूले स्वतन्त्र र सुरक्षित ढंगले समाचार संकलन गर्न सक्ने वातावरण बनाउन माग गरेको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार ००:०४
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !