जनमत संसदीय दलका नेता यादवद्वारा निर्माणाधीन योजनाहरूको अनुगमन

जनमत संसदीय दलका नेता यादवद्वारा निर्माणाधीन योजनाहरूको अनुगमन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार २२:००
जनमत संसदीय दलका नेता यादवद्वारा निर्माणाधीन योजनाहरूको अनुगमन

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व शिक्षामन्त्री महेश प्रसाद यादवले शुक्रबार सप्तरीको निर्वाचन क्षेत्र नं. २(ख) मा निर्माणाधीन मधेश प्रदेशका गौरवको योजनाहरूको अनुगमन गरेका छन्।

पूर्वमन्त्री यादवले स्थानीय तह र सरोकारवालाहरूसँग समन्वय गर्दै विकास योजनाको गुणस्तर, प्रगति र प्रभावकारिता बारे स्थलगत निरीक्षण गरेका हुन्। अनुगमनको क्रममा उनले स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर,सडक निर्माण, अन्य पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरूको स्थायित्व र जनताको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने विषयमा जोड दिएका थिए।

ADVERTISEMENT

स्थानीय नागरिकसँगको छलफलमा पूर्वमन्त्री यादवले भने, “जनताको करबाट आएको रकम सही स्थानमा र सही तरिकाले खर्च हुनु जरुरी छ। विकासका काम जनताले महसुस गर्न सक्नुपर्छ।” उनले योजनाको प्रगति ढिलो हुनु, बजेटको समयमै खर्च नहुनु तथा निर्माणमा गुणस्तर नहुनु जस्ता समस्याप्रति गम्भीर ध्यानाकर्षण गराए।

त्यस्तै, उनले आगामी आर्थिक वर्षको विकास योजनाहरूको तयारी गर्नका लागि स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिसँग पनि व्यापक छलफल गरेका छन्। “जनतासँगको सल्लाह र सुझाव बिना बनाइने योजना जनमुखी हुँदैन,” यादवले बताए।

उनको पहलमा सञ्चालित अनुगमन कार्यक्रमले स्थानीयवासीबीच विकासप्रति नयाँ आशा र विश्वास सिर्जना गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार २२:००

तपाईको प्रतिक्रिया !