पार्टीभित्रका भाइरसहरुलाई सफाइ गर्न जोडदार माग, निलम्बित उपाध्यक्ष साहप्रति कडा प्रतिक्रिया

पार्टीभित्रका भाइरसहरुलाई सफाइ गर्न जोडदार माग, निलम्बित उपाध्यक्ष साहप्रति कडा प्रतिक्रिया
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २, शुक्रबार १२:४९
पार्टीभित्रका भाइरसहरुलाई सफाइ गर्न जोडदार माग, निलम्बित उपाध्यक्ष साहप्रति कडा प्रतिक्रिया

जनकपुरधाम : जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष दीपककुमार साहप्रति पार्टीका कतिपय कार्यकर्ताहरुले कडा असन्तुष्टि व्यक्त गरेका छन्। विगत केही महिनादेखि साहले पार्टी र शीर्ष नेतृत्वप्रति गर्दै आएका कथित ‘घृणित कुकर्म’ हरूप्रति तीव्र आलोचना भएको छ।

पार्टीभित्र साहले देखाएको गतिविधिले वीर योद्धा स्वराजीहरूको मन खिन्न भएको भन्दै उनीप्रति अब विश्वास नरहेको स्पष्ट गरिएको छ। पार्टी नेताहरूको भनाइ अनुसार, साहले आम निर्वाचनमा राष्ट्रिय उपाध्यक्षको हैसियतमा पनि उम्मेदवारी दिन त परै जाओस्, समानुपातिक सूचीमा बस्न समेत नमान्नु र आफ्नै भाइलाई स्थानीय चुनावमा टिकट दिलाउनु उनले पालेका पारिवारिक स्वार्थको स्पष्ट संकेत हो।

ADVERTISEMENT

त्यसैगरी, साहले हाल आएर पार्टीभित्र नातावाद, जातिवाद र परिवारवादको आरोप लगाउँदै विभिन्न भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लागेको छ। पार्टी कार्यकर्ताहरूका अनुसार, उनी सँघीय चुनावको समयमा आफैंले पार्टीको पक्षमा प्रचार त के भोट हाल्न पनि विदा लिन नसक्ने व्यक्ति थिए, जसले उनको राजनीतिप्रतिको प्रतिबद्धता स्पष्ट गर्छ।

आफ्नो निजी जागिरलाई प्राथमिकतामा राख्दै आएका साह अहिले पार्टी फुटाउने र स्वयं अध्यक्ष बन्ने जस्ता महत्वाकांक्षामा लागिएको आरोप समेत लागेको छ। पार्टीभित्र यस्ता गतिविधिलाई ‘घृणित षडयन्त्र’ र ‘अक्षम्य अपराध’ भन्दै आलोचना गरिएको छ। मधेशी जनताले यस्ता गतिविधि  कहिल्यै माफ नगर्ने चेतावनी पनि दिइएको छ।

पार्टी पंक्तिहरूले साह र उनका पक्षमा लागेका ‘षड्यन्त्रकारी भाइरस’ हरूलाई पार्टीबाट पूर्ण रूपमा निष्काशन गर्न, साधारण सदस्यता समेत नरहने गरी सफाई गर्न र बाँकी नेता–कार्यकर्ताको रक्षा गर्न जोडदार माग गरेका छन्।

यस घटनाले पार्टीभित्रको आन्तरिक विवाद झनै चुलिएको देखिएको छ भने नेतृत्वले यसबारे चाँडै निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार १२:४९
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !